धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर ११, २०८१ मंगलबार
महोत्तरी - प्रदेश २ मा मंगलबार एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि प्रदेशभरमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ ।
पर्सामा ५७, महोत्तरी र धनुषामा दुई-दुई र बाराका एक जनामा मंगलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको हो ।
कुल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन÷तीन, महोत्तरी र धनुषामा दुई-दुई र सर्लाही र सप्तरीमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।
प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन ।
कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश २ मा मङ्लबार मात्र २११ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा मंगलबारसम्म जम्मा तीन हजार ९ सय ३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो ।
प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि त्यहाँ स्वाब सङ्कलन सघन बनाइएको छ । त्यसैगरी सङ्क्रमित धेरै पुष्टि भएका उदयपुरसँग सीमा जोडिएका सप्तरी र सिरहामा पनि अभियानकै रूपमा स्वाब सङ्कलन भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताउनुभयो ।
अन्य जिल्लामा पनि दक्ष स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरिरहेका निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएका तीन हजार ९३६ मध्ये दुई हजार ७५० जनाको नतिजा प्राप्त भएको छ । जसमा ९४ जनाको पोजेटिभ र दुई हजार ६५६ जनाको नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये एक हजार १८६ को नतिजा आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।
पछिल्लोपटक ह्वात्तै सङ्क्रमित बढेपछि यहाँका अस्पतालमा सङ्क्रमितको उपचारका शय्याको अभाव खट्किँदैछ । जनकपुरको प्रादेशिक अस्पतालमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने शय्या छन् । पर्साको पोखरियामा थप आठ शय्याको व्यवस्था छ । पर्सामा मात्रै ८२ सङ्क्रमित भएपछि शय्या अभाव खड्किएको हो ।
महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको झाले बताउनुभयो । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ ।
प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । प्रदेशभरिका १ सय ७९ क्वरेण्टीन केन्द्रमा एक हजार ४ सय ६८ जना र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वरेण्टीनमा रहनेको सङ्ख्या चार हजार ५२२ रहेको निर्देशनालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।