स्पेनकी १ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको

 जेठ १, २०७७ बिहिबार ६:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २२ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ ।

अमेरिकामा सङ्क्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । अमेरिका पछि युरोपेली देश स्पेनमा सङ्क्रमण धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख ७१ हजार भन्दा धेरैसङ्क्रमित छन् । स्पेनमा २७ हजार १ सयको ज्यान गएको छ ।

स्पेनमा सबैभन्दा वृद्ध ठानिएकी १ सय १३ वर्षकी ब्रानयास सङ्क्रमणबाट निको हुनुभएको छ । ब्रानयासले आफूलाई केयर होमका कर्मचारीले निकै माया गरेको र आत्मबलले निको भएको बताउनुभएको छ ।  वर्ल्डओमिटरका अनुसार रुसमा २ लाख ४२ हजारसङ्क्रमित छन् भने २ हजार २ सय १२ जनाको ज्यान गएको छ ।

यस्तै भारतमा सङ्क्रमित हुनेको संख्या ७८ हजार नाघेको छ । भारतमा २५ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया