प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सिन्धुली – राजनीतिक दलका नेताहरुको फोटोको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने सिन्धुलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
तीनपाटन गाँउपालिका १ बेल्घारी निवासी २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुर अन्तर्गत प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाण्ठौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
अदालतले वैशाख २८ गते पाैडेलकाे नाममा पक्राउ पुर्जी जारी गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले विद्युतीय कारोबारमा मुद्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले पक्राउ गरी काठमाण्डौ पठाइएको बताउनुभयो ।
पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमकाे कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेकाे अभियोग लागेको बताइएको छ ।