इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलसँग साउथह्याम्...
मंसिर १०, २०८१ सोमबार
ताप्लेजुङ - ताप्लेजुङमा शुक्रबार राति परेको भारी वर्षापछि खहरे खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने अर्की एक जनालाई तमोर नदीले बगाएको छ ।
फुङ्लिङ नगरपालिका वडा नम्बर-९ऽ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३२ वर्षीय एक महिलाकोे ज्यान गएको हो । उनको शिवालय मन्दिर जाने बाटोदेखि झण्डै ५० मिटर तल शरीरको तल्लो भाग पूरै क्षतविक्षत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) महेन श्रेष्ठले जानकारी दिनुभयो ।
महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको समेत प्रहरीले जानकारी दिएको छ भने तमाेरले बगाएकी महिलाकाे भने पहिचान हुन सकेकाे छैन ।
वर्षासँगै चलेकाे हावाहुरीले विभिन्न स्थानका घर तथा कार्यालयका छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङका बजार पसलभित्र भेल पसेर क्षति समेत पुर्याएको छ ।
ढलको उचित निकास नभएको फुङ्लिङ बजारका घर तथा पसलहरुमा भेल पसेर ठूलो क्षतिभएको छ । मेची राजमार्गसहित यहाँका शाखा मार्गहरुमा समेत क्षति पुगेको छ ।
हावाहुरीले जिल्ला खेलकुद विकास समितिको कार्यालयको छाना उडाएको छ भने अभिलेख सञ्चित भएका कम्युटर तथा कागजातमा क्षति पुगेको कार्यालय प्रमुख यज्ञनिधि पौडेलले बताउनुभयो ।
मेची राजमार्गको काबेली–सशस्त्र प्रहरी चेकपोष्ट खण्डका ठाउँ–ठाउँमा सडक नै उक्काएको तथा सडक मार्ग नै बिग्रिएको छ । भारी वर्षाका कारण ढल भएका ठाउँमा पनि ढल भरिएर पानी पूरै राजमार्गमा दौडदा राजमार्गको केही क्षेत्र बगाउनुका साथै पूरै स्वरुप बिगारेको छ ।
पानी तथा हावाहुरीले समस्या सृजना गरेको थाहा पाएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा बवपद् व्यवस्थापन समितिका पदाधिकारी तथा जिल्ला समन्वय समितिका प्रमुुख घनेन्द्र मादेन र फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलसहितको जनप्रतिनिधिको टोली स्थलगत अवलोकन तथा निरीक्षणमा रहेको छ ।
हावाहुरीले ताप्लेजुङमा प्रवाह हुने केन्द्रीय विद्युत प्रसारण लाइनसमेत रातिबाट अवरुद्ध भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।