भारतमा अझै दुई हप्ता लकडाउन बढाउने तयारी

 जेठ ४, २०७७ आइतबार ७:५१:५९ | रासस
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस ९कोभिड–१९० बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि  सरकारले लकडाउनको अवधिलाई अरु दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन । 

यद्यपि बैठकमा लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गर्नुभएको छ । 

उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनु भएको छ’, तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले लकडाउनबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘निर्णयलाई प्रधानमन्त्री आफैँले सार्वजनिक गर्नुहुनेछ ।’

यता, कोरोनाको सङ्क्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३१ मे सम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया