नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवालाई पक्राउ गर्न प्रदेश मन्त्रालयको माग

 जेठ ४, २०७७ आइतबार १२:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल पक्राउ गरेर कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको छ ।

शुक्रबार हेटौँडाबाट काठमाण्डौ आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई एक युवाले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुव्र्यहार गरेका थिए । त्यसको चौतर्फी विरोध भइरहेको छ ।  

मन्त्रालयले भनेको छ, ‘सुरक्षा निकायकै उपस्थितिमा लकडाउनको पालना नगरी केही झुण्डले गाडी रोकी, झोला खानतलासी गर्ने र अभद्र गरेको र यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया