सुनकोशीले बगाएर २ जना बेपत्ता

 जेठ ४, २०७७ आइतबार १६:१४:२ | रासस
unn.prixa.net

फाइल फोटो

सिन्धुली – सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् ।

आइतबार नदीमा पौडी खेल्न जाने क्रममा सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरबाट दुई जनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका ७ घर भइ अहिले फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाएर बेपत्ता बनाएको हो ।

प्रहरीलाई सुनकोशी नदीले मानिस बगाएको भन्ने जानकारी आउनेबित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उहाँको भनाइ छ । बेपत्ताको खोजी कार्यका लागि सात जना प्रहरी र स्थानीयवासी खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया