भारतमा 'लकडाउन' मे ३१ सम्म लम्बियाे

 जेठ ४, २०७७ आइतबार १९:४७:५२ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काेराेना सङ्क्रमणकाे अवस्थालाई ध्यानमा राख्दै भारतमा लकडाउनकाे अवधि आउँदाे मे ३१ सम्म लम्ब्याइएकाे छ । 

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सबै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदाे मे ३१ सम्म देशैभर लकडाउनकाे अवधि बढाउन निर्देशन दिएकाे हाे । 

एनडीएमएले सरकारसँग काेराेना भाइरसकाे सङ्क्रमण राेक्नकाे लागि याे लकडाउनलाई विपद् प्रबन्धन कानुन (२००५) काे अनुसार बढाउनुपर्ने बताएकाे छ ।  

साथै एनडीएमएले आर्थिक गतिविधि खाेल्न याेग्य बनाउन लकडाउनकाे दिशानिर्देशमा सुधार गर्न नेशनल एक्जिक्युटिभ कमिटीलाई निर्देशन दिएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार यसबारेमा नयाँ दिशानिर्देश चाँडै नै सार्वजनकि गर्ने जनाएकाे छ । 

भारतमा अहिलेसम्म ९० हजार नाै सयभन्दा धेरैमा काेराेना पुष्टि भएकाेमा दुई हजार आठ सय ७२ जनाकाे ज्यान गएकाे छ । त्यस्तै ३४ हजार एक सय नाै जना उपचारपछि निकाे भएका छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया