कोरोनाको इपिसेन्टर बन्दै ब्राजिल : सङ्क्रमण इटलीमा भन्दा धेरै

सबैभन्दा ठूलो साओ पाउलो शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा

 जेठ ५, २०७७ सोमबार ८:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ब्राजिल कोरोना भाइरस सङ्क्रमणको पछिल्लो इपिसेन्टर बन्दै गएको छ ।

पछिल्ला दिनमा ब्राजिलमा दैनिक १५ हजार हाराहारीमा सङ्क्रमण फैलिरहेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय १९ जना नयाँ बिरामी भेटिएका छन् । 

ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय १६  जनाको ज्यान गएको छ । परिक्षणको दायरा बढाउन नसक्दा ब्राजिलमा सङ्क्रमितको संख्या अझै बढ्दै जान सक्ने भन्दै चेतावनी दिइएको छ । विश्वमै सबैभन्दा धेरै सङ्क्रमित हुने देशको सूचिमा ब्राजिल पाँचौं स्थानमा छ । ब्राजिलभन्दा अघि बेलायत, स्पेन, रुस र अमेरिका रहेका छन् । 

ब्राजिलमा अहिलेसम्म २ लाख ४१ हजार ८० जना सङ्क्रमित भएका छन् भने १६ हजार भन्दा धेरैको ज्यान गएको छ । इटालीमा २ लाख २५ हजार ४ सय ३५ जना सङ्क्रमित मध्ये ३१ हजार ९ सय ८ जनाको ज्यान गएको छ । 

सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा १५ लाख २७ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ । अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ । 

यस्तै रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित भएका छन् भने ६७ हजार ३ सय ७३ जना निको भएका छन् । रुसमा २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ । 

सबैभन्दा धेरै सङ्क्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । 

यसैबीच, ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताउनु भएको छ ।  शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको उहाँको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया