सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ, गाउँका ५५ जनाको स्वाब संकलन

 जेठ ५, २०७७ सोमबार ११:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकी सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर-९, राम्च घर भएकी सुत्केरीको गएको बिहीबार ज्यान गएको थियो । तर सरकारले भने शनिबार मात्रै पुष्टि गरेको थियो ।  

सुत्केरीलाई सङ्क्रमण भएपछि गाउँ सिल गरी त्यहाँका बासिन्दाको स्वाब संकलन गरिएको  छ । ५५ जनाको थ्रोट स्वाब संकलन गरिसकेको र बाँकीको स्वाब संकलन आज पनि भइरहेको वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर नारायण कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • रोहित धामी

    May 18, 2020, 2:57 p.m.

    यो देशमा यौटा मानिस खोजी रहेछु ......... भेटिय जस्तो छ खोजेको मानिस 😃😃

  •  0 Reply

तपाईको प्रतिक्रिया