यूएईमा समस्यामा परेका नेपालीलाई राहत वितरण सुरु, सम्पर्क गर्न दूतावासको आग्रह

 जेठ ५, २०७७ सोमबार १९:५६:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका नेपाली श्रमिकहरुलाई राहत सामग्री बाँड्न थालेको छ । 

यूएईमा रहेको गैरआवासीय नेपाली संघ र नेपाली समाजको सहयोगमा खाद्यान्न मिश्रित दैनिक एकहजार थान राहात सामग्री वितरण गर्न थालिएको दूतावासले जनाएको छ । 

आबुधाबीमा खाद्यान्न समस्या परेका नेपालीहरूले नेपाली दूतावासमा र अन्य प्रान्तमा बस्नेहरुले गैरआवासीय नेपाली संघ र नेपाली समाजका प्रतिनिधिहरूसँग सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

यस्तै राहत वितरण कार्यमा सहयोग गरेकोमा इमिरेट्स् फाउण्डेशन र लूलू एक्स्चेन्जलाई दूतावासले धन्यवाद व्यक्त गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Bhuwan nepali

    May 19, 2020, 2:57 a.m.

    सरकार ! यहाँ बस्न गाह्रो भयो ..खान मात्र पाइन्छ / रुमवाट निस्केको १० दिन भयो ..कहिले छतमा त कहिले कहाँ गएर सुतेको छु / बस्ने व्यवस्था या नेपाल फर्कने व्यवस्था मिलाए धेरै धन्य हुन्थ्यो हजुर ......

  •  0 Reply

तपाईको प्रतिक्रिया