नेपालले कसैको उक्साहट स्वीकार्दैन भन्ने सबैले बुझून् : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १५:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमान र मातृभूमिको हितभन्दा ठूलो केही नहुने बताउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नेपालले आफ्नो स्वाभिमानको कुरा अरु कसैको उक्साहटमा लागेर गरेको हो कि ! भन्नु नेपाललाई होच्याउने र अपमान गर्नुभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म सबैले बुझ्ने गरी भन्न चाहन्छु, नेपाल गुलामी कहिल्यै स्वीकार नगरेको र स्वाभिमानका लागि बलिदान गरेको तथा दासता अस्वीकार गरेको देश भएकाले यसले कसैको उक्साहट कहिल्यै स्वीकार्दैन ।’

अहिलेको सरकारले राष्ट्रिय हित, भावना र स्वाभिमानको प्रतिनिधित्व गर्ने भएकाले कसैको उक्साहटमा भएको भन्ने कुरा गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया