बिहारमा ट्रक दुर्घटना, ९ मजदुरकाे ज्यान गयाे

 जेठ ६, २०७७ मंगलबार १५:५०:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे बिहार राज्यकाे भागपुर जिल्लामा भएकाे एक ट्रक दुर्घटनामा घर फर्किरहेका नाै मजदुरकाे ज्यान गएकाे छ ।

दुर्घटनाबारे स्थानीय प्रहरीले भन्याे, 'यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठाेक्किँदा ट्रक पल्टियाे । याे दुर्घटना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ काे अम्भाे चाेक नजिक भएकाे हाे ।'

प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, 'यी मजदुरहरु ६ दिनअघि काेलकता शहरबाट केही साइकलमा आफ्नाे यात्रा सुरु गरेका थिए र बीच बाटाेबाट यिनीहरु ट्रकमा आएका थिए ।'

प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारकाे कटिहार जिल्ला गइरहेकाे ट्रकका ड्राइभर र सहयाेगी दुर्घटनापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृतककाे साथमा रहेकाे कागजातकाे आधारमा उनीहरु चम्पारण जिल्लाका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया