विदेशबाट फर्किनेको व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारलाई भोजपुरका जनप्रतिनिधिको आग्रह

 जेठ ६, २०७७ मंगलबार १७:३१:४०

भोजपुर – भोजपुरका जनप्रतिनिधिले विदेशबाट फर्कनेको व्यवस्थापनका लागि प्रदेश र केन्द्रीय सरकारसँग आग्रह गरेका छन् ।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र टेम्केमैयु गाउँपालिकाका प्रमुख र सामी, हेल्भेटासका प्रतिनिधिबीच मंगलबार भएको भर्चुअल बैठकका क्रममा जनप्रतिनिधिले यस्तो आग्रह गरेका हुन् । अब उडान सुरु हुनेबित्तिकै वैदेशिक रोजगारीबाट एकैपटक फर्कने व्यक्तिको सङ्ख्या बढ्ने भएकोले यसका लागि अहिलेदेखि नै सोच्नुपर्ने उनीहरुको तर्क छ ।

नेपाल सरकार र स्विस सरकारको दुईपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र फोन डाईभर्ट गरी सम्बन्धित कर्मचारीको मोबाइलमा फोन आउने प्रणालीको विकास गरिएको , वैदेशिक रोजगारमा भएका व्यक्तिका परिवारलाई मनोसामाजिक परामर्श सेवा, मनोसामाजिक प्राथमिक उपचार, वैदेशिक रोजगारमा भएका व्यक्ति तथा परिवारको अवस्था बुझ्नका लागि द्रुत सर्वेक्षण लगायतका काम भइरहेको हेल्भेटासका प्रदेश परियोजना संयोजक कोपिला दहालले बताउनुभयो ।

उस्तै जनप्रतिनिधिले स्थानीय सरकारको आन्तरिक श्रोतबाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सुरक्षित आप्रवासन परियोजना ठिक समयमा स्थानीय सरकारमा लागू भएको ठिक परियोजना भन्दै स्थानीय सरकारका प्रमुखहरुले खुलेर प्रशंसा गरेका थिए ।

नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको दुईपक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत स्थानीय सरकारको नेतृत्वमा सामी परियोजना नेपालका ३९ जिल्लाका १५६ वटा स्थानीय सरकारमार्फत सञ्चालन भैरहेको छ ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया