कोरोनाबाट बच्न तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरको सुझाब

 जेठ ६, २०७७ मंगलबार १८:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर मात्र खान डाक्टरले सुझाब दिएका छन् ।

कोरोना भाइरस खाद्यवस्तुको सतहमा पनि रहने भएकाले बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरले सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले खानाका प्याकेटबाट कोरोना भाइरस सर्ने सम्भावना नभएपनि खाद्यवस्तुको सतहमा हुने भाइरस तरकारी र खानेकुरामा पस्न सक्ने भएकाले घरभित्र छिराउँदा सफा गर्न सुझाब दिनुभयो । 

भाइरसलाई बाँच्न आवश्यक पर्ने कोष तरकारी र खानेकुरामा नहुने तर तरकारी र खानेकुराको सतहमा रहेको भाइरस छोएर शरीरमा सर्ने जोखिम भएकोले सफा गरेर मात्र खान डाक्टर देवकोटाले आग्रह गर्नुभयो । 

थुकको छिटाबाट कोरोना सर्न सक्ने भएकोले व्यक्तिगत दूरी कायम राख्न र समय समयमा हात मिचीमिची साबुनपानीले धुने जस्ता सुरक्षाका उपाय अपनाउन पनि उहाँले सुझाब दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया