लिपुलेक जान हिँडेका विप्लव समूहका आठ कार्यकर्ता पक्राउ

 जेठ ९, २०७७ शुक्रबार ६:३१:१४ | रासस
unn.prixa.net

दार्चुला - भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । 

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । 

उनीहरु चन्द समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम खलङ्गा ल्याइरहेको विष्टले बताउनुभयो ।

प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको छ । जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा पर्चा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

लकडाउनको अवस्थामा उनीहरु लुकेर व्यासको दुम्लिङ पुगेका थिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया