पाकिस्तान विमान दुर्घटना : ९२ जनाको ज्यान गएको पुष्टि

 जेठ १०, २०७७ शनिबार ८:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानमा भएको विमानमा दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाएकामध्ये १९ जनाको परिचय खुलेको अन्तर्राष्टिय समाचार संस्था अल जजिराले जनाएको छ । कराँचीका मेयर वासिम अख्तरले विमन बस्तीमा खस्दा ५, ६ ओटा घर ध्वस्त भएको जानकारी दिनुभएको छ ।

पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ जाँदै गर्दा पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एअरबस ए ३२० विमान शुक्रबार साँझ बस्तीमा दुर्घटनाग्रस्त भएको थियो ।  क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् भन्नेबारे स्पष्ट जनकारी आइसकेको छैन ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति सहानुभूति व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया