पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – काेराेना भाइरसकाे महामारीबाट बच्न अहिले देशव्यापी लकडाउन घाेषणा गरिएकाे छ । यस्ताे विषम परिस्थितिमा पनि अत्यावश्यक वस्तुमा पनि कालाेबजारी हुने क्रम राेकिएकाे छैन ।
मास्क महँगो मूल्यमा बेच्ने काठमाण्डौका तीन वटा फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण विभागले आइतबार दुई/दुई लाख रुपैयाँ जरिबाना तिराएकाे छ ।
हाइमास्क तथा के एन–९० फाइभ मास्क बढी मूल्य लिएर बेचेको पाइएपछि वीर अस्पताल अगाडिका पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी र हनुमान फार्मेसीलाई दुई/दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।