श्रम सचिव विनोद केसीको अनिवार्य अवकाश

 जेठ ११, २०७७ आइतबार २०:४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी सेवा निवृत्त हुन लाग्नुभएको छ ।

३८ वर्ष १० महिना २० दिन निजामती सेवाका विभिन्न पदमा रही उहाँ सोमबारदेखि अनिवार्य अवकाश हुन लाग्नुभएको हो । आइतबार मन्त्रालयमा उहाँको बिदाई गरिएको छ ।

सचिव केसी २०७६ भदौदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो । योभन्दा अघि उहाँ राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, तत्कालीन सामान्य प्रशासन मन्त्रालय एवं स्थानीय विकास मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालय लगायतमा कार्यरत हुनुहुन्थ्यो ।

बिदाई कार्यक्रममा उहाँले सेवा अवधिका नीतिगत, कार्यक्रमगत र कार्यान्वयन पक्षका अनुभवहरु प्रस्तुत गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवा निवृत्त हुन लाग्नु भएका सचिव केसीको जीवन सुखमय र सक्रीय रहोस भन्दै प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया