२ महिने शिशुसहित वीरगञ्जकाे एकै परिवारका १८ जनाले कोरोनालाई जिते

 जेठ १२, २०७७ सोमबार ७:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् ।

उपचारछि निकाे भएका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिनुभयो ।  

वीरगन्ज-३, छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई घर पठाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डिस्चार्ज हुनेमा एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष रहेका छन् ।

यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि १७ जनालाई पनि वैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया