विदेशबाट फर्कनेलाई खेतीमा आकर्षित गर्न भूमि बैंकको स्थापना हुने

 जेठ १५, २०७७ बिहिबार १७:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले विदेशबाट फर्कने र स्वदेशमै रहेकाहरुलाई पनि कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने भएको छ । अहिले तीनसय पालिकामा भूमि बैंक स्थापना गरिने र पछि सबै पालिकामा बिस्तार गरिने बजेटमा उल्लेख छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि कार्य गर्न चाहनेले भूमि बैंकमार्फत निश्चित समयसम्मको लागि जमिन लिजमा लिन सक्ने बताउनुभयो । यसको लागि कृषि सामग्रीमा सहुलियत दिने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया