नेपालमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

 जेठ १६, २०७७ शुक्रबार १६:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि ललितपुर, सिन्धुपाल्चाेक, बाँके, गुल्मी र बारामा एकएक जनाकाे ज्यान गइसकेकाे छ । 

आज एकैदिन एक सय ७० जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । याेसँगै सङ्क्रमितकाे सङ्ख‍या एक हजार दुई सय १२ भएकाे छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या एक सय ६२ जना पुरुष र ४४ जना महिला गरी दुई सय ६ पुगेको छ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया