अहिलेसम्म्म २० जना प्रहरीमा कोरोना पुष्टि, कालीमाटीका दुई जना डिस्चार्ज

 जेठ १७, २०७७ शनिबार १७:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस आसपास सुरक्षामा खटिएकामध्ये दुई सय १६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

परीक्षण गराइएका दुई सय ३१ मध्ये दुई सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । 

त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालीमाटी वृत्त र त्यस आसपासका प्रहरी बिट तथा महिला सेललाई सिल गरेर पीसीआर परीक्षण गरिएको थियो । 

यो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पीसीआर परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरी उपचारपछि निको भएका छन् । दुवै जनालाई होम क्वरेण्टीनमा पठाइएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशभर २० जना प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया