लकडाउन खुकुलो बनाउने भारतको तयारी

 जेठ १८, २०७७ आइतबार ७:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउने संख्या बढिरहेकै बेला भारतले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ ।

भारत सरकारले सोमबारदेखि रेस्टुरेण्ट, होटल, शपिंग सेन्टर र पूजा गर्ने ठाउँहरूलाई खुला गर्न अनुमति दिने भएको छ । लकडाउन हटाउने तीन चरणको योजनाको पहिलो चरणमा धेरै क्षेत्रहरूमा पुनः खोल्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

यस्तै जुलाई महनिा अर्थात एक महिनापछि बिद्यालय तथा कलेजहरुमा पढाइ शुरु गर्ने पनि तयारी गरेको खबरमा उल्लेख छ । लकडाउनलाइ खुकुलो बनाउने बताएपनि भारतमा सङ्क्रमण निकै बढेको छ ।

आज बिहानसम्म भारतमा एक लाख ८१ हजार आठ सय भन्दा धेरैमा सङ्क्रमण भएको छ भने पाँच हजार एक सय ८५ जनाको ज्यान गएको छ । भारतमा गएको २४ घण्टामा मात्र आठ हजार तीन सय भन्दा धेरै नयाँ बिरामी थपिएका छन् ।

यसैबीच विश्वमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या तीन लाख ७० हजार नाघेको छ । २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ६१ लाख ५३ हजार चार सय भन्दा धेरैमा सङ्क्रमण भएकोमा तीन लाख ७० हजार आठ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । २७ लाख २९ हजार भन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया