भारतमा आजदेखि लकडाउन खुकुलो

 जेठ १९, २०७७ सोमबार ७:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा आजदेखि लकडाउन खुकुलो बनाइएको छ ।

अझै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर राज्यलाई कोरोना सङ्क्रमण रोकथामको लागि केही गतिविधिमा प्रतिबन्ध लगाउने अधिकार केन्द्र सरकारले दिएको छ ।

उच्च सङ्क्रमण फैलिएको ठाउँबाहेकमा मानिसले सामान्य जीवन बिताउन पाउने खबरमा उल्लेख छ । भारतको गृह मन्त्रालयले मल, होटल, रेष्टुरेन्ट र धार्मिकस्थल लगायतका ठाउँ अर्को हप्ता अर्थात ८ जुनदेखि खोल्न अनुमति दिइसकेको छ ।

तर स्कुल, कलेज लगायत शैक्षिक संस्था भने राज्य र केन्द्र शासित प्रदेशले छलफल गरेपछि जुलाईमा मात्र निर्णय हुने भारतीय संचारमाध्यमले जनाएका छन् । लकडाउन खुले पनि अन्तराष्ट्रिय हवाई उडान, स्वीमिङ पुल, मनोरन्जन पार्क, सिनेमा घर, बार लगायत भने अझै बन्द नै हुनेछन् ।

भारतमा अहिलेसम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ८ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा २ सय २३ जनाको ज्यान गएको र ८ हजार ७ सय ८२ जना बिरामी थपिएका वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमित बढेसँगै भारत सङ्क्रमित धेरै भएका देशको सूचीमा सातौ स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया