जेठ १९ : सम्झनामा तत्कालीन राजपरिवार

 जेठ १९, २०७७ सोमबार ११:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको आज १८ वर्ष पूरा भएको छ ।

५८ साल जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । छानबिन समितिले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

विवाहका विषयमा परिवारसँग खटपट रहेका कारण दीपेन्द्रले बुबाआमा, भाइ-बहिनीसहित परिवारका सदस्यको हत्या गरी आफैँलाई गोली हानेको छानबिन समितिको निष्कर्ष छ । घटनापछि घाइते भएका दीपेन्द्रलाई अस्पतालमै हुँदा राजा घोषणा गरिएको थियो ।

अस्पतालमै दीपेन्द्रको निधन भएपछि ज्ञानेन्द्र शाह नेपालको नयाँ राजा बन्नुभएको थियो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ । छानबिन समितिको प्रतिवेदन विश्वासिलो नभएको भन्दै हत्याकाण्डबारे फेरि छानबिन हुनुपर्ने माग पनि हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Suman Yadav

    June 2, 2021, 11:22 a.m.

    I have not seen any king yet. When he was murdered I wasn't born but by the help of history in social studies and from my parents, I know him nicely. Just imagine if he is still alive what position does nepal have achieved. He is only person who think about the country and their citizen fairly. You are in my heart as god. Huge respect to you.

  •  0 Reply

तपाईको प्रतिक्रिया