काठमाण्डाैमा आज ३ वटा शव भेटिए
मंसिर ८, २०८१ शनिबार
कपिलवस्तु – कपिलवस्तु स्वास्थ्य कार्यालयका अनुसार साेमबार थप ४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यसअघि पुष्टि भइसकेका दुई सय ७० सहित कपिलवस्तमा कुल सङ्क्रमितकाे सङ्ख्या तीन सय १० पुगेकाे छ ।
स्वास्थ्य कार्यालयका अनुसार शिवराज नगरपालिकाका २६ जना पुरुष, बुद्धभूमि नगरपालिकाका १० जना पुरुष, महाराजगञ्ज नगरपालिकाका दुई जना पुरुष र वाणगङ्गा नगरपालिकाका दुई जना महिलामा काेराेना सङ्क्रमण पुष्टि भएको हाे । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
कपिलवस्तुका विभिन्न पालिकामा चार सय ९५ बेडको आइसोलेशन वार्ड निर्माण गरी कोरोना सङ्क्रमितहरुकाे सुविधाकाे लागि काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयाे ।
कपिलवस्तुका १० वटा पालिकाले निर्माण गरेको विभिन्न क्वरेण्टीनमा चार हजार आठ सय जना रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।