कुवेतमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रीद्वारा समकक्षीसँग छलफल

 जेठ १९, २०७७ सोमबार १८:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुवेतमा रहेका नेपालीको बारेमा टेलिफोनमार्फत जानकारी लिनुभएको छ ।

कुवेतका परराष्ट्र मन्त्रीलाई सोमबार टेलिफोन गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी लिनुभएको ह‍‍ो । साथै उहाँले घर फर्कनुपर्ने अवस्थामा रहेकाको सुरक्षित स्वदेश फिर्तीका बारेमा समेत छलफल गर्नुभएको छ ।

कुवेतमा आममाफीमा सहभागी भएका झण्डै तीन हजार श्रमिक स्वदेश फर्कने दिन कुरेर बसिरहेका छन् । आममाफीमा सहभागी भएका बाहेक अन्य समस्यामा परेकालाई पनि सरकारले उद्धार गरेर स्वदेश ल्याउने तयारी गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया