कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ २५, २०७७ आइतबार १५:३०:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या ६ सय ४१ पुगेको छ ।

सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका तीन जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया