भारत : कोरोनाको प्रभाव कम रहेका ठाउँमा आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने

 जेठ २६, २०७७ सोमबार ९:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोनाको प्रभाव कम रहेका ठाउँमा आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने भएका छन् ।

लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आउन लागेको भन्दै भारत सरकारले आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो । व्यक्तिगत दुरी, अनिवार्य मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने नियम पालना गरेर यी स्थलहरु खोल्ने निर्णय गरिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको क्षेत्रमा भने यो नियम लागू हुने छैन । मन्त्रालयले गएको २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ७१ जना नयाँ बिरामी थपिएका जनाएको छ । झण्डै ११ हजार नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २ लाख ५७ हजार नाघेको हो ।

तर, वर्ल्डओमिटरले भने हिजोमात्रै २ सय ६१ जनाको ज्यान गएपछि भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ७ पुगेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया