३ सय १४ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७ सय ६२ पुग्यो, ४ सय ८८ जना उपचारपछि निको

 जेठ २६, २०७७ सोमबार १६:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - नेपालमा आज सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । 

आज २ सय ९४ जना पुरुष र २० जना महिला गरी २ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ३७ सय ६२ पुगेको छ । यस्तै आज थप २१ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ४ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँकाअनुसार स्याङ्जाका एक पुरुषको कोरोनाको कारण ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । मन्त्रालयको अनुसार आज १ लाख ७० हजार ७ सय ३२ जना क्वरेण्टीनमा र ३ हजार २ सय ६० जनालाई आइसोलेसनमा राखिएको छ । 

आजसम्ममा १ लाख ९ सय ७१ जनाको पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया