सर्पले डसेका बिरामीमा कोरोना पोजेटिभ देखिएपछि प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

 जेठ २८, २०७७ बुधबार १५:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - सर्पले टोकेपछि उपचारका लागि अस्पतालमा भर्ना भएका एकजना पुरुषमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष सिल गरिएको छ ।

बराहताल गाउँपालिका ४ भेरी माध्यमिक विद्यालयको क्वरेण्टीनमा बसेका ५० वर्षीय पुरुषलाई सर्पले टोकेपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।अस्तालमा भर्ना गरिएको बिरामी पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।

बिरामीलाई अस्पतालसम्म पुर्याउन आएका उनका आफन्तले बिरामी क्वरेण्टीनमा बसेकोबारे कुनै जानकारी दिएका थिएनन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्यशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बिरामीको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुने बताउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया