कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७६३, ६० जना निको

 जेठ २९, २०७७ बिहिबार १७:९:४६ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमित सात सय ६३ पुगेको हो ।  

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाण्डौ घर भइ सुर्खेत बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।  

यस्तै  कर्णालीमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या ६० पुगेको छ । बिहीबार मात्रै कोरोना विशेष अस्पताल सुर्खेतबाट ३१ जना निको भएर घर फर्किएका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया