नेपालमा मनसुन भित्रियो, गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

 जेठ ३०, २०७७ शुक्रबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - नेपालमा मनसुन भित्रिएको मौसमविद्ले बताएका छन् । यसपालि मनसुन दुई दिन ढिलो गरी भित्रिएको हो ।

अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । यसपालिको मनसुनी गतिविधि निकै सक्रिय रहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • मुक्ति नेपाली

    June 13, 2020, 8:12 p.m.

    खै गण्डकी प्रदेश कता पर्छ ? यता त पानी नपरेर घामको वर्षा भएको छ .

  •  0 Reply

तपाईको प्रतिक्रिया