संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय

 जेठ ३०, २०७७ शुक्रबार १८:५५:२५ | रासस
unn.prixa.net

काठमाण्डौ - जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

संसदमा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । नेपालको नयाँ नक्साा अनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराउनुभएको छ । त्यो विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया