कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक, कसले कति खर्च गरे ?

 जेठ ३१, २०७७ शनिबार ११:५५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा झण्डै साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च  भएको जानकारी दिएपछि सांसदहरुले खर्चको विवरण माग गरेका थिए ।  १० अर्ब रुपैयाँ कहाँ गयो भनेर अहिले सडकमा पनि आन्दोलन भइरहेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले हालसम्म ८ अर्ब  ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।

संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख  रुपैयाँ,  स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख,  जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ । 

यस्तै सात वटै प्रदेश सरकारले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खर्च भएको र ७ सय ५३ वटा पालिकाहरुले २ अर्ब ९८ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् । 
यो खर्च सिसिएमसीको निर्देशक समितिको निर्णय अनुसार सार्वजनिक भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

यस्तै कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया