कर्णालीमा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ३१, २०७७ शनिबार १५:४:२२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ७० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

शनिबार कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेत र दैलेखका छन् । प्रदेश अस्पताल  र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४०  र दैलेखका ३० जनामा कोरोना सङ्क्रमण देखिको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।  

यस्तै शनिबार नौ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । उनीहरु सबै दैलेखका हुन् । प्रदेशमा कोरोनाबाट निको हुनेको सङ्ख्या ९१ पुगेको छ । अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ ।

योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ सय १६ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया