काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेको सङ्ख्या १८, थपिए २७३ सङ्क्रमित

 जेठ ३१, २०७७ शनिबार १६:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ ।

पर्सामा गएकाे बिहीबार भेटिएको बेबारिसे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ४७ जना पुरुष र ३६ जना महिला गरी दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज रौटहतका ९२ जना, सुर्खेतका ४० जना, दैलेखका ३० जना, कपिलवस्तुका २० जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, सर्लाहीका १३ जना, पर्सा र बर्दियाका ६/६ जना, झापा, रुपन्देही र कपिलवस्तुका पाँच/पाँच जना, मोरङ र पर्वतका चार/चार जना, दाङ र गुल्मीका दुई/दुई जना तथा बारा, नवलपसारी पश्चिम र महोत्तरीका एक/एक जना गरी दुई सय ७३ जना नयाँ बिरामी थपिएका हुन् ।

योसँगै नेपालमा ७२ जिल्लाका पाँच हजार तीन सय ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये चार हजार नाै सय ४९ पुरुष र तीन सय ८६ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गाैतमका अनुसार आज ३६ जना डिस्जार्च भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या नाै  सय १३ पुगेको छ ।

अहिले एक लाख ५० हजार पाँच सय ४९ जना क्वरेण्टीनमा रहेका छन् भने चार हजार चार सय चार जना आइसोलेशनमा रहेका छन् । त्यस्तै अहिलेसम्म एक लाख २७ हजार दुई सय ८८ जनाको पीसीआर र एक लाख ९० हजार पाँच सय ८२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया