अब भारतसँगको वार्ता अघि बढ्छ : प्रधानमन्त्री

 जेठ ३१, २०७७ शनिबार १९:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताको लागि भारतसँगको वार्ता अघि बढाउने बताउनुभएको छ । 

उहाँले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब भारतसँग वार्ताको काम अघि बढ्ने बताउनुभएको हो ।

घीय संसद् भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिङ्गो देश एकजुट भएको छ ।’

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भए पनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’ 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया