'विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिइयाेस्, निःशुल्क इन्टरनेटकाे व्यवस्था गरियाेस्'

 जेठ ३२, २०७७ आइतबार १३:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्यार्थी सङ्घले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनको लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसङ्घले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा विद्यालय र क्याम्पसहरुले शुल्क लिने कार्य बन्द गर्न माग गरेको हो । सिकाइका लागि अनलाइन, रेडियो, टीभी, पत्रपत्रिका तथा टेलिफोनजस्ता माध्यमबट आगामी शैक्षिक सत्रको पठनपाठान सुरु गर्न र इन्टरनेटलगायतका सबै प्रविधिकको निःशुल्क व्यवस्था गर्न नेविसङ्घले माग गरेको हो । 

नेविसङ्घले पुस्तक आयातमा लगाइएको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरि गर्नुपर्ने माग पनि अघि सारेको छ । यस्तै सरकारी विद्यालयहरुमा क्वरेण्टीन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।

कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसङ्घ अध्यक्ष राजिव ढुङ्गानाले बताउनुभयो । 

नेविसङ्घले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनको अधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसङ्घले उठाएका कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुङ्गोमा पुग्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया