कर्णालीमा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ३२, २०७७ आइतबार १५:३१:१५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ सय ६७ पुगेको छ । आइतबार थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल  र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

महाशाखाले दैलेखका ३७ जना र  सुर्खेतका १५ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएको छ । दैलेखका ३७ मध्ये ३५ जना सबै नौमुले गाउँपालिका हुन् ।

अहिलेसम्म कर्णालीमा कोरोना निको हुने ९४ जना रहेका छन् । आइतबार थप तीन जना निको भएर घर फर्किएका हुन् । अहिलेसम्म कर्णालीमा तीन जनाको कोरोना कारण ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया