निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने, खर्च स्वास्थ्य मन्त्रालयको

 जेठ ३२, २०७७ आइतबार १६:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । आवश्यक प्रक्रिया पूरा गरेर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिएर निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् ।

विभिन्न स्थानमा लिइएका नमुना निजी प्रयोगशालाले परीक्षण गर्न पाउने छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ती नमुना जाँचको लागि लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने छ ।

यस्तै विदेश जाँदा निरोगिताको प्रमाणपत्रको लागि गरिने नमुना सङ्कलनको परीक्षण वीर, शिक्षण र पाटन अस्पतालको ल्याबमा गरिने भएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया