सचिवालय बैठक स्थगितपछि भीम रावलको प्रतिक्रिया : पार्टीमा सिस्टम नै छैन, नेतृत्वको मनलाग्दी भयो

 जेठ ३२, २०७७ आइतबार १७:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताकाे कारण बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को बारेमा छलफल हुने तय भएको थियो । बैककमा नेकपाले बनाएको कार्यदलका नेता भीम रावल र प्रदीप ज्ञवालीलाई पनि आमन्त्रण गरिएको थियो ।

यसैबीच नेता भीम रावलले पटक–पटक पार्टीकाे बैठक अन्तिम समयमा स्थगित गर्नु आश्चर्यको कुरा भएको बताउनुभएको छ । कुनै कारणविना नै आजको सचिवालयको बैठक सार्दा यसले अनेक शङ्का जन्माएको नेता रावलले उज्यालोलाई बताउनुभयो ।

यसले पार्टी र सरकारलाई भलो नगर्ने तथा नेतृत्वको लापर्वाही स्पष्टरुपमा देखिएको नेता रावलको भनाइ छ । ‘आजमात्र होइन पटक–पटक पार्टीकाे बैठक अन्तिम समयमा स्थगित भएका छन्, नेताहरुको यो एकलौटी पाराले धेरै शङ्का जन्माएकाे छ’ रावलले भन्नुभयो, ‘यसअघि हामीले स्थायी कमिटीको बैठकको माग गर्दा पनि सुनुवाइ भएन, पार्टीमा सिस्टम भन्ने नै छैन ।’ 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया