मलेसियाबाट पहिलो चरणमा ३१ सय ७५ नेपाली फर्कंदै, यी हुन् फर्कने प्राथमिकतामा परेका नेपाली

 जेठ ३२, २०७७ आइतबार १८:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट पहिलो चरणमा ३१ सय ७५ जनालाई स्वदेश फर्काइने भएको छ । मलेसियामा रहेको नेपाली दूतावासले असार २, ४, ६ र ७ गते हुने चार्टर्ड उडानमार्फत फर्कने ३१ सय ७५ नेपालीको नामावली सार्वजनिक गरेको हो । 

हेर्नुहोस् प्राथमिकतामा परेकाको सूची

सरकारले तोकेको प्राथमिकता अनुसार दूतावासले सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् । 

सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभआएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ ।

सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरडिटी जाँच आफू नजिकै रहेको निजी क्लिनिक या अस्पतालमा गएर गर्न सकिन्छ । अहिले मलेसियामा कोरोना जाँचको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको र यसबारेमा थप जनाकारी दिइने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियाबाट सबै उडानहरु क्वालालाम्पुर विमानस्थलबाट हुनेछ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने उडान हुनुभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ। 
 मलेसियामा अवैधानिक भएर बसेकाको लागि भने मलेसिया सरकाले अहिले आममाफीको कार्यक्रम सञ्चालन नगरेकाले उनीहरु फर्कन पाउने छैनन् ।

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • नरेश कुमार गैरे

    June 15, 2020, 3:48 p.m.

    मेरो भिसा 13/4/2020 मा सकिइ को हुनाले म घर जानुपर्ने भएको ले मेरो कन्ट्याक्ट् पनि सकिसक्यो 5 Year

  •  0 Reply
  • Amar rijal

    June 14, 2020, 9:32 p.m.

    दोश्रो लट कहिले हुन्छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया