भोजपुर : चट्याङ लागेर बालिकाको ज्यान गयाे

 असार १, २०७७ सोमबार ६:४४:२ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

ट्याम्के मैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि पठाइने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया