इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
फागुन २, २०८१ शुक्रबार
काठमाण्डाै - सोमबारदेखि मोटरसाइकल र स्कुटरलाई पनि जाेर बिजाेर लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको बताउनुभयो ।
गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर आजदेखि दुई पाङ्ग्रेमा पनि जाेर बिजाेर लागू भएकाे हाे ।
चार पाङग्रे निजी गाडी जस्तै अब मोटरसाइकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।
यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् ।
गाडीको चाप बढेसँगै सचेतना प्ले कार्ड देखाउँदै ट्राफिक प्रहरी
लकडाउन खुकुलो भएसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको चाप बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सडक ओहोरदोहोर गर्नेलाई ट्राफिक प्रहरीले सचेतनामूलक प्ले कार्ड देखाउन थालेका छन् ।
प्ले कार्डमा कोरोनाको जोखिम बढेकाले भौतिक दूरी पालना गरेर यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न आग्रहसहितको प्ले कार्ड काठमाण्डौका चोक चोकमा रहेका ट्राफिक प्रहरीले देखाउन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
lalendra manandhar
June 15, 2020, 12:12 p.m.के हामि duty 1 दिन बिराएर जाने, आदि तलब चाहिँ सरकारले ब्यहोर्नु हो।
gajendra rai
June 15, 2020, 11:17 a.m.Very good idea
Indra
June 15, 2020, 10:14 a.m.यो जोर बिजोर प्रणालीले गर्दा हामीजस्ता सर्वसाधारणलाई निक्कै समस्या सामना गर्नुपरेको छ / अहिले सार्वजनिक सवारी साधन पनि चल्दैन , त्यसमाथि आफ्नो सवारी साधन हुनेले पनि जोर बिजोर प्रणाली मान्नुपर्ने भएपछि अस्पतालका कर्मचारी कसरी नियमित रुपमा अस्पताल पुग्ने ?? कमसेकम २ पांग्रे सवारीसाधनलाई यो जोर बिजोर लागु नगरे हुन्न ?? यो नियम खारेज गरि कमसेकम २ पांग्रे सवारीसाधनमा जोर बिजोर लागु नगरियोस भन्ने माग राख्दछु /
Sushil Shrestha
June 15, 2020, 9:23 a.m.sushilshrestha
अजय
June 15, 2020, 12:47 p.m.यो जोर विजोर प्रणाली अहिले सम्म मैले बुझेको छैन कृपया बुझाइ दिनु हुन्छ