‘भुकटीमण्डपको पार्क मासेर भवन बनाउनु गलत’

 असार ४, २०७७ बिहीबार २१:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौको भृकुटीमण्डपमा रहेको हरियाली पार्क मासेर मेगा हल बनाउने महानगरपालिकाको निर्णयप्रति विभिन्न सङ्घ संस्था र व्यक्तिले विरोध गरेका छन् ।

नेपाल आर्किटेक्ट सोसाइटीले पनि विज्ञप्तिमार्फत विस्तृत अध्ययनविना नै भुकृटीमण्डपमा हल बनाउने निर्णयको विरोध गरेको छ । सोसाइटीले भृकुटीमण्डपमा मेगा हल बनाउँदा शहरको केन्द्रमा रहेको खुला स्थान अतिक्रमण हुनुको साथै पर्यावरणको हिसाबले दिगो शहरी विकासको लागि उपयुक्त नहुने जनाएको छ । 

काठमाण्डौ महानगरपालिकाले भृकुटीमण्डपको दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गरेकाे थियाे । उपत्यकाको वास्तुकलालाई समेत ध्यानमा राखेर निर्माण गरिने मेगा हलको प्रस्तावित डिजाइन तयार भइसकेको महानगरपालिकाले जनाएकाे छ । 

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया