इटली : विवाहलाई एक वर्षपछि सार्दै अधिकांश युवा

 असार ६, २०७७ शनिबार २१:५४:३९ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन आउँदो हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोच बनाएकी इटलीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्षपछि सार्ने विचार गरेकी छिन् ।

इटलीमा कोरोना भाइरसको महामारीसँगै आफूहरूले विवाहलाई एक वर्षपछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताए । ‘हामी विवाह गर्न उत्साहित छौँ तर महामारीकाे कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियो’, ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भने ।  हुन त यसका पछाडि धेरै कुरा छन् ।

कासिमिरी, ३३ वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन । सँगै जीवन जिउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । ‘हामीले आशावादी बन्दै महामारी अन्त्यकाे लागि पर्खियाैँ तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन’, उनले भने।

मध्य इटलियाली फ्लोरेन्सको ठीक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटलीभरि दोहोरिएको छ र यो बुझ्न सकिने छ । विवाहमा ढिलाइ हुने कुनै वास्तविक राष्ट्रिय तथ्याङ्कहरु छैनन् तर सबै युवाहरूले केही ढिलो गर्ने निधो गरेका छन् ।

विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीकाे कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य सङ्कटकाे कारण इटलीमा मृत्यु भएका मानिसहरूकाे कारण इटलीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधी मोह देखिइसकेको छैन । बिस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटलीबासीहरुले गरेका छन् ।

अहिलेसम्म नियमहरूले इटलियाली क्षेत्रबीच वा इटाली बाहिरकाे यात्रालाई निषेधित गरेको छ । विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तीमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरु, इटालियन विवाहको मुख्य आधार हो ।

तर यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल बिक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब युरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे, एउटा सङ्कटमा पर्ने देखिएको छ ।

‘कोरोना भाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौं बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटलीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले सिन्ह्वासँग भने, 'धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुसीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ ।'

सरकारले आफ्नो सुधार योजनामा विवाहकाे लागि केही प्रोत्साहन समावेश गरेको छ । सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार युरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउनेछ, जुन प्रोत्साहन जनवरी १, २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ । 

सरकारले आर्थिक सङ्कटकाे समय फजुल खर्च जोगाउनकाे लागि पनि विवाहकाे कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ । कर छुटकाे कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटलीमा राखिने गरिएको छ ।

मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताए । ‘सेप्टेम्बरको समयसम्म प्रकोपको स्थितिमा अवस्था अझ राम्रो देखिन सक्छ तर हामी विवाहको बारेमा चिन्ता लिन चाहँदैनौँ’, ३६ वर्षीया मेसाले भने । ‘हामी विवाहित पाहुनाहरुलाई हुने कठिन परिस्थितिमा टाढा राख्न चाहन्छौँ ।’ 

‘विवाहजस्तो रमाइलो कार्य यो सङ्कटकाे समय गर्नु उचित होइन’, ३४ वर्षीय बिफले भने । यो समयमा विवाह निकै नरमाइलो हुने निष्कर्षसहित आफूहरूले विवाहलाई अर्को वर्ष सार्ने योजना रहेको बिफले बताए । 

उहाँले थपे, ‘कल्पना गरौँ न हामीले विवाहको सम्झनाकाे लागि खिचिने भिडियो र तस्बिरहरुमा अनुहारमा सङ्क्रमण हुन नदिन लगाइने प्लास्टिकका कभरहररु, मास्क, ग्लोब्सजस्ता सङ्क्रमणबाट सुरक्षाकाे लागि प्रयोग हुने सामग्रीहरू ।’ 

४० वर्षीय अन्ना मारिया पिरोज्जी र ३९ वर्षीया एन्टोनियो कोस्टाले भने सङ्कटको बेला भए पनि विवाहमा ढिलाइ नगर्ने थोरै प्रतिशत अविवाहित युवा जोडीहरूको प्रतिनिधित्व गरेका छन् ।  

उनीहरुले अझै पनि यस वर्ष विवाह गर्ने योजना बनाएका छन् । तर विवाहलाई रोम बाहिर मात्रै गर्ने र यसमा आफूहरू सेप्टेम्बरमा विवाहको मिति कायम गर्ने निर्णयको पछाडि पारिवारिक अवस्था रहेको बताए । 

पिरोज्जीले भने, ‘हामी १० वर्षभन्दा बढी समयदेखि सँगै छौँ र हाम्रा दुई बच्चाहरू छन्, तर हाम्रा आमाबाबुले सधैँ भन्नुहुन्छ कि उहाँहरू हाम्रो बिहे भएकाे देख्न चाहनुहुन्छ । मेरी आमा र एन्टोनियोका बुबा दुवैको स्वास्थ्य अवस्था कमजोर छ, त्यसैले हामीले निर्णय गरेको समय ठिक छ ।’

‘हामी विवाहको मितिलाई उत्सव मनाउने कारणको रूपमा हेर्दैछौँ । यसमा संलग्न सबै उत्साहित हुनेछन् । कठिन परिस्थितिकाे बावजुद पनि हाम्रो विवाहमा रमाउने छन् ।’

तर एक चिकित्साकर्मीसमेत रहेका युवा कोस्टाले कोरोना भाइरस सङ्क्रमणको महामारीको समय ३० मा २८ दिन काम गरेको अनुभव साट्दै भने, ‘हो, विवाहको योजनालाई थोरै कटौती गरेर भए पनि स्वास्थ्य समस्या केही कम भएपछि विवाह गर्नुपर्छ ।’

‘हाम्रो वित्तीय स्थिति अहिले बढी कमजोर छ र त्यसैले हाम्रो योजनाहरुमा कटौति गरेका छौँ’, कोस्टाले भने । हामी केवल परिवार र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गर्दैछौँ । परिस्थिति पूर्ण छैन । तर म सधैँ आशावादी बन्ने प्रयास गर्छु र त्यसैले मेरो विचारमा इटलियनहरूले सन् २०२० लाई कारोना भाइरस बाहेक अन्य केही स्मरणीय घटनाको वर्ष बनाउनुपर्छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया