बेलायतमा खाद्य सङ्कटको खतरा, २५ प्रतिशत वयस्कले खानाको लागि सङ्घर्ष गर्दै

 असार ७, २०७७ आइतबार १७:३९:९ | रासस
unn.prixa.net

काठमाण्डौ – बेलायतमा हरेक चार जनामध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । 

कोरोना भाइरसबाट उत्पन्न महामारीको कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।

खाद्य अवस्थाको बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । 

अध्ययनको मुख्य निष्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ ।

महामारीको बेलामा २५ प्रतिशत बयस्कहरुले खानाको लागि सङ्घर्ष गर्नु परेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया