विश्वमा एकै दिन एक लाख ८३ हजार काेराेना सङ्क्रमित थपिए

 असार ८, २०७७ सोमबार ८:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । वर्लडओमिटरका अनुसार सङ्क्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ छ ।

पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ एक लाख २२ हजारको ज्यान गएको छ ।

सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ । सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन् ।

रुसमा ५ लाख ८४ हजार सङ्क्रमित छन् । त्यहाँ ८ हजार १ सयको ज्यान गएको छ । छिमेकी भारतमा झण्डै ४ लाख २७ हजारमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा १३ हजार ७ सय जनाले ज्यान गुमाएका वर्लडओमिटरले जनाएको छ ।

विश्वमा कोरोना सङ्क्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार बढी निको भएका छन् । विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार पुगेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया